बाढी पहिरोमा परी मकवानपुरमा स्कुले छात्रा सहित ५ काे मृत्यू

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार ०८:०२

हेटौँडा । केहीदिन अघिकाे बर्षाका कारण आएको बाढी पहिरोमा परी मकवानपुर जिल्लामा  ५ जनाले ज्यान गुमाएकाे  प्रहरीले जनाएकाे छ ।

इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा घरमाथीबाट आएको पहिरोले घर पुरिदा घरभित्रै पुरिएका कान्छिमाया बलामी र उनकी छोरी बबिता बलामीकाे  ज्यान गएकाे थियाे ।

विहिबारको बर्षाका कारण आएको बाढीले मकवानपुरको थाहानगरपालिका–३ मा दम्की खोलाले बगाउँदा १४ बर्षीया जनकल्याण मावीमा अध्ययनरत छात्रा सन्तमाया बलामी को मृत्यु भएको थियो ।

इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ मा शुक्रबार साँझ घर नजिकै आएको भेलले बगाउँदा १४ बर्षीया श्रृष्टी डिमडुङगको मृत्यु भएको थियो ।

यसैगरी मकवानपुरको कैलाशगाउँपालिका १० मा शुक्रबार साँझ खोला तर्ने क्रममा सोही स्थानका सानु कान्छा सुनारलाई डुडु खोला बगाउँदा ज्यान गएकाे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*