दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने : विपद् समिति

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार ०९:२६

हेटौंडा । जिल्ला विपद् व्यावस्थापन समिति मकवापनुरको बैठकले धन जनको क्षति भएका घर परिवारका लागि तत्काल राहत दिने निर्णय गरेको छ । जिल्ला विपद् व्यावस्थापन समिति मकवापनुरका अध्यक्ष अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले प्रकोपमा परी घाइते परिवारका सदस्यहरुलाई सरकारी अस्पतालका विल सहित भुक्तानी ल्याएर उक्त विलको रकमको भुक्तानी लिन अनुरोध गर्दै घरवास नै क्षति भएको परिवारका हकमा क्षेत्रीय आपतकालीन सञ्चालन केन्द्र मार्फत राहत सामगञ्हिरु टेण्ट, त्रिपाल लगायतका बन्दोवस्तीका सामग्री वितरण गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वर्षाका कारण अझ विपद्का घटना बाढी, पहिरो र सडक मार्गहरु अवरुद्ध हुन सक्ने भएकोले सबै सुरक्षा निकायहरुसँग उपलब्ध श्रोत सहित उच्च सतर्क अवस्थामा रहने निर्णय गरिएको छ । वर्षाका कारण बाढी, पहिरोहरु आई भएको क्षतिको राहत तथा उद्दारका लागि सहयोग उपलब्ध गराउन प्रदेश सरकार, स्थानीय सरकार, नेपाल रेडक्रस सोसाईटी तथा सरकारी÷गैरसरकारी संस्थाहरुलाई अनुरोध गरिने भएको छ ।
पूर्व–पश्चिम लोक मार्ग, त्रिभुवन लोकपथ, कान्ति लोकपथ, कुलेखानी–सिस्नेरी, कुलेखानी–फाखेल लगायतका सडक मार्गहरुमा भएका र हुन सक्ने अवरोध तत्काल हटाउन हेभि इक्यूपमेण्ट डिभिजन र सडक डिभिजन कार्यालय, हेटौंडालाई चालक र इन्धन सहित परिचालन गरिने भएको हो ।

खानेपानी सहज व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई डिभिजन नं. १ हेटौंडा, मकवानपुर र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिने निर्णय भएको छ ।

जिल्लामा पर्न सकने विपद्लाई व्यवस्थित गरी आवश्यक उपकरण जिल्ला आपतकालीन सञ्चालन केन्द्र स्थापना गरी सञ्चालन गर्नका लागि नेपाल सरकार गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको पञ्मुख जिल्ला अधिकारी समेत रहनुभएका अध्यक्ष तामाङले बताउनुभयो ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*