कृषि विश्वविद्यालयकाे काम अघि नबढाउ : उच्च अदालत

निरन्तर न्यूज
४ श्रावण २०७६, शनिबार ०९:३३

३ साउन, हेटौँडा । मकवानपुर जिल्लाकाे हेटाैँडामा बन्न लागेकाे कृषि तथा वन विश्वविद्यालय अन्तरगतकाे  भवन निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएकाे छ ।

उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु-नगराउनु अन्तरिम आदेश दिएको हो ।

विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न आदेशमा भनिएको छ । दुबै पक्षलाई छलफलका लागि साउन ८ गते अदालतमा उपस्थित हुन भनिएको छ । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेका थिए । अदालतमा संस्थाको तर्फबाट विजयकुमार यादवले रिट दायर गरेका थिए ।

कृषि तथा वन विज्ञानविश्वविद्यालय केन्द्रीय कार्यालय चितवन, सो विश्वविद्यालय अन्तरगत वनविज्ञान संकाय हेटौँडा, संकायका डिन डा. बलराम भट्ट, ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालय हेटौँडा, ३ नम्बर प्रदेशका मूख्यमन्त्री, डिभिजन वन कार्यालय मकवानपुर, मकवानपुरका जिल्ला वन अधिकृत, जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रमुख जिल्ला अधिकारी, ठेकेदार बानियाँ आरवि जेभिलाई विपक्षि बनाएर यादवले रिट दायर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*