हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने बाटाे सञ्चालनमा
हेटौँडा । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि सञ्चालनमा आएको बताइएकाे छ । विगतका केहि दिन अघि परेकाे अबिरल वर्षाका कारण ठाउँठाउँमा पानीले बाटाेमा खाल्डाे परेकाे र पहिरोकाे कारण अवरुद्ध भएकाे सडक आजबाट सन्चालनमा आाएकाे हाे ।
पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको र पानी पर्ने क्रम जारी नै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कायाृलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
प्रजिअ तामाङले भारी बर्षा हुँदा फेरि पनि पहिरो जान सक्ने भएकाेले त्यसका लागि पनि सावधानी अपनाएका छौँ र जनशक्ति र मेशिन तयारी अवस्थामा राखिएकाे बताए ।
छोटो मार्ग अवरुद्ध भएपनि त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गराइरहेकाे तामाङले बताए ।










