प्रदेश प्रमुख बस्नेतद्वारा नायब निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

निरन्तर न्यूज
५ श्रावण २०७६, आईतवार १९:१५

साउन ५, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेतले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका तीनजनालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

आज प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा नायब महानिरीक्षक बस्नेतले सहायक निरीक्षक (असई) बाट नायब निरीक्षक (सई) पदमा बढुवा भएका सागर श्रेष्ठ, संगीता पाण्डे र रामजी कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

प्रहरी नायब निरीक्षकहरु प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको यहि साउन २ गते को निर्णय अनुसार बढुवा भएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

 

फोटो प्रदेश प्रहरी कार्यालयको फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*