पहिरोले पुरिएर दुई जनाको ज्यान गयाे

निरन्तर न्यूज
७ श्रावण २०७६, मंगलवार ०९:५७

गुल्मी । सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । दुई जनाको उद्धार गरिएको छ ।

राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । यसबारेमा थप विवरण आउँन बाँकी छ ।

रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ । उज्यालाेबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*