नेपाली सेनाद्वारा ब्यारेक इलाकामा बृक्षराेपण
हेटौंडा । हेटाैँडाकाे सूपारेटार व्यारेक इलाकाको सामरी खेल मैदान आसपासमा नेपाली सेनाले एक जवान एक विरुवा अभियान अन्तरगत व्यारेक इलाकामा बृक्षा रोपण गरेकाे छ ।
व्यारेक इलाकामा रुखको विरुवा रोप्दै मध्यपृतना हेड्क्वाटरका पृतनापति तथा उपरथी शुवर्ण बहादुर शाहले उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा उहाँले नेपाल सरकारको एक नागरिक एक विरुवा अभियानलाई निरन्तरता दिनका लागि सेनाले पनि विरुवा रोपेको पृतनापति शाहले बताउनुभयो । बृक्षारोपण गर्नु मात्र ठुलो कुरा नभइकन जोगाउनुपर्ने महत्वपूर्ण काम रहेको उहाँको भनाई छ । रोपिएका सबै विरुवा जोगाउने प्रयत्नमा सेना लागेको बताउनुभयो ।
पुरानो गोरख गणको आयोजना तथा जिल्ला वन कार्यालय मकवानपुरको सहयोगमा खयर, सिसौ, बकाइनो, अमला, तेजपत्ता, बाँस लगायतका जातका दुई हजार वटा बिरुवाहरु रोपीएको पुरानो गोरख गणका प्रमुख सेनानी अनिलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
यस अघि पनि विश्व वातावरण दिवसका अवसरमा मकवानपुर जिल्ला भित्र रहेका व्यारेकहरुमा गरी २ हजार बिरुवा रोपिएको र आज रोपिएका बिरुवा थप गरिएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, राष्ट्रिय अनुसञ्धानका प्रदेश ३ निर्देशक कुलदेव थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरीका प्रमुख श्याम काेइराला , नेपाली सेनाका अधिकृतहरु, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख, भूतपूर्व सैनिक श्रीमती संघ, भूपू संनिक संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।










