अब इन्टरनेटको मूल्य बढ्न नदिन छुट तथा सहुलियत

निरन्तर न्यूज
७ श्रावण २०७६, मंगलवार १७:१५

काठमाडौं, ७ साउन । दूरसञ्चार नियमावली संशोधन गरेर सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गर्न लागेको छ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु साउन १ गतेदेखि बढाएको इन्टरनेटको मूल्यबाट पछि हट्ने मनस्थितिमा देखिएका छन् । राउटर, इन्ट्रानेट लिज डाटा कनेक्टिभीटी, मर्मत शुल्कमा नियमावली संसोधनमार्फत छुट दिने व्यवस्था भएपछि व्यवसायीहरुले पुरानै मूल्य कामय गर्ने पक्षमा उभिएका हुन् ।

सरकारले गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दुरसञ्चार सेवा शुल्क लगाउने निर्णयलाई यस वर्षको बजेटमा पनि निरन्तरता दिएपछि व्यवसायीहरुले मूल्यवृद्धि गर्ने निर्णय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*