रातिदेखि लगातार वर्षा, केही स्थानमा भारी वर्षा हुने (३ दिनकाे माैसम यस्ताे छ)
हेटाैँडा । गएरातीदेखि नै देशका केही भागमा पानी परिरहेकाे छ ।
माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले नेपालमा मनसुनी वर्षा सक्रिय हुने बताएकाे छ ।
महाशाखाले तीन दिनकाे मौसमकाे विश्लेषणमा देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको जनाएकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेकाे विभागले जनाएकाे छ ।
श्रावण ८ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावण ९ गते (बिहीबार )
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |
श्रावण १० गते (शुक्रबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु विभागले अनुरोध गरेकाे छ ।










