कर्रा खोलाकाे भेलमा ट्रक पुरियाे

निरन्तर न्यूज
८ श्रावण २०७६, बुधबार ०८:२०

हेटौंडा । मंगलबार रातिदेखि परेको वर्षाका कारण कर्रा खोलामा आएको भेलले भारतीय नम्बर प्लेटकाे ट्रक बगाएको छ।

हेटौंडा १७ स्थित कर्रा खोलामा आएको बढिले हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६टि ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा आएको बढिले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले बताएका छन्।

ट्रक पुरिएपनि मानविय हताहात नभएको प्रहरी जनाएको छ।पानि परिरहेकोले ट्रकलाइ उद्धार गर्न कठिनाइ भएको जनाइएको छ। ट्रक पुर्ण रुपमा पुरिएको र देखिएकोअवस्थामा नरहेको प्रहरी जनाएको छ। खाेलाकाे ट्रयाक बिर्सिएर अन्यत्र गएकाे कारण ट्रक पुरेकाे हुनसक्ने बुढाथाेकीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*