लायन्स क्लव अफ भुटनदेविको पदस्थापन सम्पन्न
हेटाैँडा । लायन्स क्लव अफ हेटौडा भुटनदेविले लायन वर्ष २०१८ र १९ को पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाइजर लायन राम श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बर्ष २०१८।१९ की अध्यक्ष लायन गौरी चिमरियाले बर्षभरी गरेका कामको प्रगति बिवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सवैको सहयोगबाट उल्लेखीय काम गर्न सफल भएको बताउनुभयो ।
सामाजिक क्षेत्रमा सकृय रहेको यस लायन्स क्लव अफ हेटौडा भुटनदेवीकी बर्ष २०१९। २० की अध्यक्ष सिता श्रेष्ठ मर्हजनले आजबाट आफनो पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण संगै श्रेष्ठले लायन्स वर्ष २०१९।२० को लागि अध्यक्ष पदमा रहेर कार्य गर्ने छिन् । यस अघिका अध्यक्ष गौरी चिमरीयाले नव निर्वाचित अध्यक्ष मर्हजनलार्ई खादा ओडाएर एक कार्यक्रमका विच पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण पछि नव निर्वाचित अध्यक्ष मर्हजनले क्लवको हितको लागि नैतिक, भौतिक र आर्थिक सबै तबरबाट लाग्ने बताउनु भयो । २००९ सालमा स्थापना भएको यस क्लवको गरिमा कायम राख्नको लागि जस्तो सुकै कठिनता र कार्य गर्नु परेता पनि ज्यान दिएर लाग्ने बताउनु भयो । लायन्सको अवधारण अनुसार सेवाको भावले अगाडि बढ्ने र आर्थिक पाटो बलियो बनाउने पहिलो काम हुने बताउनु भयो । उनले थपिन,“लायन्सको कार्यकाल सुरुवात सँगै आखाँ दान गर्ने निर्णय पनि गरेको छु ।” उहाँले क्लवलाई अगाडि बढाउन सबैको सहयोग चाहिने भन्दै सम्पुर्ण सदस्य र अग्रजहरुको सल्लाहमा अगाडि बढ्ने बताउनु भयो । सचिवको पदभार लायन्स श्रृजना मर्सानी र कोषाध्यक्ष लियो तारा कार्की, उपाध्यक्ष पुष्पा भट्टले आगामि कार्यकालको लागि पदभार ग्रहन गरेका छन् ।
डिष्ट्रिक चिफ एडभाइजर श्रेष्ठले लायन्स क्लवअफ भुटनदेविले उष्कृट काम गरेको भन्दै प्रशंसा गर्नुभयो । आफुले क्लबले गरेका हरेक सामाजिक कार्य नियालेर हेरिरहेकोे र सफताका साथ ती काम सम्पन्न गरेको बताए । उनले थपे,“यस क्षेत्रमै पहिलो पटक इन्टरनेष्नल अर्वाड जित्न सफल भई नम्बर १ क्लव बनेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा पनि यस उचाईलाई कायम राख्न आग्रह गरे ।”
लायन्स ३२५ बि २ नेपालका डिस्ट्रिक एडभाइजर शुक्रितराज पराजुलीले विभिन्न विधामा अवार्ड जित्न सफल भएकोमा बधाई दिनै यसरी नै क्लव पहिलो नम्बरमा पार्नको लागि आग्रह गरे । समाजमा सकरात्मक कामहरु गर्नुपर्ने आएको भन्दै डिस्ट्रिकले सदैव साथ दिन हरदम तयार रहेको प्रतिवद्धता जनाउँदै प्रभावकारी कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो ।
रिजन चिर्यस प्रसन मनु लामाले नेतृन्व गर्ने अवसर पाउनु मातृ क्लव भुटनदेविको देन रहेको बताउनु भयो । यस क्लवलाई हरपलमा साथ दिने बताउदै उनले भनिन्,“नयाँ कार्यसमितिलाई सफलताको शुभकामना छ ।”
यरिया को–चिफ लायन तासिडोल्मा तुम्फाहाम्ँफेले आफु पनि भुटनदेविको उत्पादन भएको भन्दै यस क्लवको माया सदैव रहने बताउनु भयो । आफ्नो कार्यकालमा लियोको स्थापना गरेको भन्दै लियो संग छुट्नै सम्बन्ध रहेको बताउनु भयो । भुटनदेवि विगत देखि शसक्त क्लव भएको भन्दै वर्षको कार्यकालमा पनि त्यो भन्दा धेरै र राम्रा कार्य गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिनु भयो ।
जोन चियर्स प्रर्सन माधव पोखरेलले क्लवले समाजप्रति गरेकोे उत्कृष्ट कार्य प्रति प्रंसशा गर्दै सक्दो साथ सहयोग रहने बताउदै उनले भने,“ नयाँ फरक कार्य गर्दै क्लवलाई सँधै उच्च राख्नुस् यहि नयाँ कार्यसमितिलाई शुभकामना छ ।”
लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष रुपक कालिराजले सिक्ने र सिकाउने काम जिवनभर हुने भन्दै लायन्सबाट धेरै कुरा सिक्ने अवसर पाउनेमा विश्वास रहेकको बताए । लियो लायन्सको भातृसंगठन भएको भन्दै सदैव सहकार्य गरेर जाने बताए । सो कार्यक्रममा जिल्लाका लायन्स क्लवका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।










