बाढीले ३ जनाकाे ज्यान गयाे, ८ जना बेपत्ता
काठमाडौं । केही दिन अघिदेखि परेकाे अविरल वर्षाका कारण लमजुङ जिल्लाकाे दोर्दी खोलामा आएको बाढीले बगाउदा ३ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
निर्माणाधीन लिवर्टी जलबिद्युत आयोजनामा काम गर्ने क्रममा अचानक बाढी पसेपछि ३ जनाको मृत्यु हुनाका साथै ८ जना बेपत्ता भएका प्रहरीले जनाएकाे छ ।
बाँझे भन्ने स्थानमा रहेकाे खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीले जानकारी दिएको छ ।










