आज ७० औं हलोक्रान्ति दिवस

निरन्तर न्यूज
११ श्रावण २०७६, शनिबार ०९:४६

लमजुङ । आज ७० औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि।सं। २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।

ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*