मकवानपुर क्रिकेटका पुर्व कप्तान श्रेष्ठकाे निधन

निरन्तर न्यूज
१२ श्रावण २०७६, आईतवार २०:०२

हेटौँडा । मकवानपुर क्रिकेट टिमका पुर्व कप्तान निरज श्रेष्ठको निधन भएको छ ।

रक्त क्यान्सरबाट पिडित श्रेष्ठको आइतबारबिहान काठमाडौ स्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो।

आठ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार रक्त क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको आज निधन भएको हो। ।

हेटौंडा–५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य हुन उनी संघको पुर्व कोषाध्यक्षसमेत भएका थिए । २०६०/०६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका श्रेष्ठले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलेका थिए ।

मकवानपुर क्रिकेट संघले उनको उपचारको सहयोगार्थ नेपाली क्रिक्रेट टोलिका कप्तान पारस खडका सहितको च्यारिटी क्रिकेट म्याचको आयोजना गरेको थियो।

३६ वर्षीय श्रेष्ठको श्रीमती र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*