कक्षा १२ को नतिजा प्रकाशित, यसरी नतिजा हेर्नुहोस
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ ।
सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।
नतिजाअनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।
२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेका छन् भने २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी ३१ हजार जना रहेका छन् । त्यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।
अनलाइनमा यसरी हेर्न सकिन्छ नजिता
www.neb.gov.np
www.edusanjal.com
neb.ntc.net.np
नेपाल टेलिकमबाट १६०० मा एसएमएस गर्ने तरिका : NEB symbol no टाइप गरि १६०० मा पठाउँनुहोस्
साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो ।
मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
गतवर्षदेखि सबै संकाय र विषयको नतिजा एकैदिन गर्ने गरिएको छ । त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो ।










