गृहले २६ जनालाई सरुवा गर्याे, मकवानपुरका सिडिओ सूचिमा परेनन्
हेटौँडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा गृहमा कार्यरत अधिकृतहरुकाे सरुवा गरेको छ ।
साउन १२ गतेकाे गृह मन्त्रालयको निर्णयानुसार २६ जनाको सरुवा तथा पदस्थापन गरिएकाे गृह मन्त्रालयकाे वेभसाइडमा उल्लेख गरिएकाे छ ।
गृह मन्त्रालयको सरुवाकाे निर्णय अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने सरुवाकाे सूचिमा छैनन् अर्थात् तामाङकाे यथावत रहेको छ ।

अस्मान तामाङ
प्रमुख जिल्ला अधिकारी, मकवानपुर
शम्भु ऐरीको रुपन्देहीबाट रापप विभाग, ज्ञाननाथ ढकाल म्याग्दी, युवराज कँडेलको दैलेख, बेदनिधि खनालको सोलुखुम्बु सरुवा भएको सूचिमा उल्लेख छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको सुनसरी, कालिकोटमा सरुवा भएका चन्द्रबहादुर कार्की धरानस्थित इलाका प्रशासन कार्यालय, कपिलवस्तुका रामेश्वर अर्यालको तनहुँ, मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीको तेह्रथुम, तेह्रथुमकी लक्ष्मीदेवी होमागाईं खतिवडाको काभ्रे, वसन्त पुरीको काभ्रेबाट गृह मन्त्रालय, तुलसीराम पौडेलको गोरखा, लक्ष्मी बाँस्कोटाको कारागार सुन्धारा र रुद्रनाथ देवकोटाको अध्यागमन विभागमा सरुवा भएको सूचिमा उल्लेख छ ।
यसैगरि ताप्लेजुङका अर्जुन भण्डारीको मोरङ तथा डोरेन्द्र निरौलाको ताप्लेजुङ, कृष्णप्रसाद पन्त पाल्पाबाट प्युठान, प्युठानका बद्रीनाथ गैरेको नुवाकोट, कृष्णचन्द्र पौडेलको कालिकोट सरुवा भएको उल्लेख छ ।
सरुवा तथा पदस्थापन सूचि
सरुवा_तथा_पदस्थापना_CDO









