ग्रेडिङ प्रणाली अनुसार राम्नाे नतिजा आउन करिब १० वर्ष लाग्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्ने बताएका छन्।
नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा बोल्दै मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २/३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए।
‘२/३ वर्षदेखि ११/१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ। यो त १० वर्ष अघिको साथीहरूको मिहिनेत हो’, मन्त्री पोखरेलले भने, ‘अहिलेको प्रणालीको नतिजा आउन १० वर्ष लाग्छ।
‘शिक्षा मन्त्रालयले १८ वर्षअघि अनुसन्धान गरेर तयार पारेको रिपोर्टले शिक्षामा ग्रेडिङ प्रणाली आवश्यक रहेको उल्लेख छ’, त्यो रिपोर्टलाई आत्मसाथ गर्दै शिक्षा प्रणाली सुधारमा जरूरी छ भनेर नै ल्याइएको हो’, पोखरेलले थपे ।










