आफ्नै वडामा बोर्डिङ स्कुल, अन्यत्र धाउन नपर्ने

निरन्तर न्यूज
१५ श्रावण २०७६, बुधबार १०:५६

कैलाली । कैलालको गौरीगंगा नगरपालिका वार्ड नम्बर ११ ऐठामा नर्सरी देखि कक्षा ४ सम्मको पढाइ हुने गरि आदर्श एकेडेमी सन्चालनमा आएको छ ।

वडामा कुनै पनि बोर्डिङ स्कुल नहुँदा सयौं ससाना बालबालिकाहरु करीब १ घण्टाको वसको यात्रा गरि अर्को वडामा जान वाध्य भएका थिए ।

अव आदर्श एकेडेमी सन्चालनमा आएपछि १ घण्टाको वसको यात्राको कठिन हटेको बोर्डिङका फाउन्डर तथा प्रिन्सिपल हेमराज अम्मैले बताउनुभयो ।

उनका अनुसा यस ठाउँको शैक्षिक बिकासको निम्ति मेरो पनि योग्दान हुनुपर्छ भन्ने सोचका साथ ऐठामा बोर्डिङ स्कुल सन्चालन गरि स्थानीय दक्ष जनशक्तिलाई समेत रोजगारी दिएको बताउनुभयो ।

२०६४ सालमा स्यथापना भई उदासिपुर ४ मा रहेकाे आदर्श एकेडेमिलाई वडावासिकाे सुविधाकाे निम्ति अम्मैले ऐठामा स्थानान्तर गरि सन्चालन गर्नुभएकाे हाे । यसरी आफ्नै वडामा बोर्डिङ स्कुल सन्चालन भएपछि स्थानीय पनि हर्षित भएको करण साउदले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*