३ जना सशस्त्रका एआइजीहरुको सरुवा
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको सरुवा गरेको छ ।
एआइजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनी प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत थिए ।
त्यसैगगरी मानव स्रोत विभागमा कार्यरत रहेका एआइजी नारायण बहादुर थापालाई सीमा सुरक्षा विभागमा पुर्याइएको छ भने सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।










