पशुको उपचार गर्न भेटेरिनरी एम्बुलेन्स

निरन्तर न्यूज
२१ श्रावण २०७६, मंगलवार ०८:२६

हेटाैँडा । बिरामी पशुको उपचार गर्नका लागि एम्बुलेन्स र माटो परिक्षण प्रयोग गर्नका निम्ति  माटाे परिक्षण घुम्ति प्रयाेगशाला भ्यानबाट सेवा शुरु गरिएकाे छ ।

प्रदेश ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ वटा भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई  उक्त साधनकाे चाबी हस्तान्तरण गर्नुभएको थियो ।

चौपाया बिरामी परेकाे समयमा  उपचारमा सहयोग गर्ने उदेश्यले  एम्बुलेन्सको  व्यवस्था गरिएको  बताइएकाे छ । चौपाया बिरामी परेमा तत्काल उद्धार गरेर उपचार गर्न पशु डाक्टर सम्म ल्याउनका लागि  एम्बुलेन्सकाे प्रभावकारी हुनेछ ।

मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एकरएक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताउनुभयो । ४ वटा पशु एम्बुलेन्सले प्रदेशको विभिन्न जिल्लाका पशु स्वास्थ्य घुम्ती सेवा, पशु उद्दार र उपचार तथा माग बमोजिम कृषक र सहकारी स्तरमा सेवा पुर्याउने योजना रहेको मन्त्रालयका प्रवक्ता गदालले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*