फाखेल–सिस्नेरी दुबै सडकखण्डमा गुड्ने सुमोमा जोर-विजोर प्रणाली

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार १७:२७

हेटौँडा । हेटौँडाबाट काठमाण्डौँ जाने छोटो दुरीको २ वटा प्रचलित बाटो हेटौँडा कुलेखानि फाखेल काठमाण्डौँ र हेटौडा कुलेखानी दक्षिणकाली काठमाण्डौँ सडकमा जोर विजोर प्रणालीमा टाटासुमो सेवा संचालन हुने भएको छ ।

स्थानीय व्यवसायी आफ्ना समस्यालाई अगाडि सार्दै सवारी संचालनमा अवरोध गर्ने सूचना दिएपछि दिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको उपस्थितिमा अघिल्लो दिन साउन २१ गते स्थानीय जनप्रतिनिधि सहितको बैठक बसी छलफल गरेको थियो । छलफल पश्चात् गत आर्थिक बर्षमा मूख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको छलफलमा गरिएको निर्णयको आधारमा पुनः जोर बिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो । समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी रुटमा जोर विजोर प्रणाली लागु गरी टाटासुमो संचालन गर्ने यसअघि निर्णय भएको र यसैलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोबर गाउँपालिकाका ग्रामिण भेगमा कृषि उत्पादन तथा दैनिक उपभोग्य बस्तु तथा आवश्यकिय निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक संचालन गर्न पाउने, गर्मीयाममा विहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि तथा जाडोको समयमा विहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमता भएको मिनि ट्रक प्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, २ नम्बर वडा अध्यक्ष राजुमान महर्जन, ३ नम्बर वडा अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*