भिमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या तिन पुग्यो
हेटौंडा । हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना हुदा घाइते भएका थप २ जनाको उपचारको क्रममा निधन भएको छ।
निधन हुनेमा महोत्तरी माईस्थान ६ घर भएका ७० बर्षीय बिर बहादुर वाइबा, र सर्लाही बरथवा ३ बस्ने ६० बर्षीय महेन्द्र सहनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। वाईवा र सहनीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको जनाइएको छ। यो संगै दुर्घटनामा मृत्यु हुनेको संख्या तिन पुग्यो ।
हेटौंडा बाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमोको टायरेट फुस्केर दुर्घटना हुँदा ११ जना घाइते भएका थिए। एक नावालीका समरागी माझीको घटनास्थलमै मृत्यु भएको थियो ।










