‘कर उठाउने नै हो भने एनसेलसँग उठाऔं,’ : सांसद हृदयेश त्रिपाठी

निरन्तर न्यूज
२२ भाद्र २०७६, आईतवार १८:१२

काठमाडाैं । सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आइतबार विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयका आधारमा नेपालमा करको दर सर्वाधिक रहेको बताए । उनले औचित्यपूर्ण करको व्यवस्था गर्न माग गरे ।

न्यायलयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दै उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘कर उठाउने नै हो भने एनसेलसँग उठाऔं,’ उनले भने, ‘अदालतले घरि उठाउने घरि रोक्ने भन्छ । अदालतकै फैसलाको आधारमा झण्डै झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ । त्यो उठाऔं न ।’

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियतासँगै करको औचित्यमाथि प्रश्न उठ्ने गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*