रवि लामिछाने सहितको कानुन व्यवसायी अनुपस्थित हुँदा सुनुवाई सर्याे

निरन्तर न्यूज
२६ भाद्र २०७६, बिहीबार १४:१७

हेटाैँडा । पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा  रवि लामिछाने र युवराज कंडेल पक्षको कानून व्यवसायीले अदालतमा उपस्थित हुन नसकेपछि आज हुने सुनुवाई सरेकाे हाे ।

आज १० बजे विहान रवि समेतकाे पक्षका कानून व्यवसायी शुशिल कुमार पन्तले आफु उपस्थित हुन नसक्ने निवेदन दिएपछि आजकाे सुनवाई स्थगित भएकाे  उच्च अदालत पाटन हेटौँडा इजलासका सुचना अधिकारी अमृत घिमिरेले जानकारी दिए ।

अव आउने विहीबार असाेज २ गतेकाे लागि सुनुवाइ सरेकाे समेत सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

गत सोमबार उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले जिल्ला अदालत चितवनले गरेको आदेश बदर गर्दै ३ नै जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा निवेदन दर्ता गराएको थियो ।

उक्त निवेदन उपर मंगलवार सुनुवाई गर्दै अदालतले दुवै पक्षबाट अदालतमा दर्ता भएको निवेदन आज विहिबार संयुक्त रुपमा पेश गर्न आदेश दिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*