सुनकाे भाउ लगातार घट्दै गयाे

निरन्तर न्यूज
२७ भाद्र २०७६, शुक्रबार १७:२१

काठमाडौं । केहि दिनदेखि लगातार घटेकाे सुनकाे भाउ आज पनि घटेकाे छ । बिहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य २ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार बिहिबार प्रतिताेला ७० हजार ८ सयमा काराेबार भएकाे छापावाला सुन शुक्रबार प्रतिताेला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। बिहिबार तेजाबी सुन ७० हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*