पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने
काठमाडौं । पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने इन्डियन आयल कर्पोरेशनले गरेको एक अध्ययनले देखाएको छ।
तर यसका लागि थप अध्ययन गर्न बाँकी रहेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए।
‘आइओसीको अध्ययनले चितवनको लोथरसम्मै पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने सम्भावना देखाएको छ, तर पुन अध्ययन गर्न बाँकी नै छ’, निर्देशक भट्टराईले भने। अमलेखगन्जबाट ६२ किलोमिटर लामो पाइपलाइन बनाउँदा चितवनको लोथरसम्म आइपुग्ने छ।
आइओसीले गत वर्षदेखि नै रूट सर्भे गरेको थियो। अहिले विस्तृत इन्जिनियरिङ अध्ययन पुरा गरेको छ। सरकारले गत मङ्लबार मात्र मोतीहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेको थियो।










