आन्तरिक राजश्वकाे बागमती गाउँपालिकामा कर सचेतना कार्यक्रम

निरन्तर न्यूज
४ आश्विन २०७६, शनिबार २१:२४

बागमती गाउँपालिकामा कर सचेतना

हेटौँडा । आन्तरिक राजश्व कार्यालय, हेटौंडा र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा बागमती गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बागमती गाउँपालिकाको राईगाउँ, फापरबारीमा स्थानीय व्यवसायी तथा ईच्छुक नागरिकको सहभागितामा करदाता शिक्षा कार्यक्रम भएको संघले जनाएको छ ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकाल, बाग्मती गाउपालिका वडा नं ६ का वडा अध्यक्ष धु्रव थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका नरेन्द्र भण्डारी, राम प्रसाद न्यौपाने, माधव ज्ञवाली तथा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकाल, सुरेन्द्र गौतम, सागर पन्थी लगायतको सहभागिता रहेको थियो ।

कर अधिकृत दिपक भुषालले कार्यक्रममा सहभागिहरुलाई करका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*