उच्च अदालत पाटन हेटौँडा इजलासमा पाँच वर्षमा ९ हजार मुद्दा फर्छयाैट

निरन्तर न्यूज
७ आश्विन २०७६, मंगलवार ०९:०८

हेटाैँडा । उच्च अदालत पाटन हेटौँडा इजलासमा मुद्दाको संख्या बर्सेनि घट्दो छ । हेटौँडा इजलासले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ देखि ०७५/७६ सम्म पाँच वर्षमा १४ हजार २ सय ८३ मुद्दा दर्ता भएका छन् ।

मकवानपुर र चितवन जिल्लाका मुद्दा दर्ता हुने हेटौँडा इजलासले ९ हजार ६ सय ८५ फर्छ्याैट गरेको छ । आव ०७१/७२ मा ५ हजार ६ सय ६४ मुद्दा रहेको अदालतमा ०७२/७३ मा ४ हजार ७ सय ५४, ०७३/७४ मा १ हजार १ सय ७३, ०७४/७५ मा १ हजार २ सय २८ र ०७४/७५ मा १ हजार ४ सय ६४ रहेको तथ्यांकमा उल्लेख छ । यो अवस्था बर्सेनि घट्दो छ ।

अदालतका मुख्य न्यायाधीश टेकराज नेपालले अदालतमा क्रमशः मुद्दाको स्थिति घट्नु राज्यकै लागि सकारात्मक पक्ष भएको बताए । उनले गाउँठाउँमा हुने सानातिना घटना स्थानीय तहबाट मिलाइने स्थिति सिर्जना हुँदा अदालतसम्म नागरिक धाउन छाडेको दाबी गरे ।

अदालतमा पाँच वर्षमा दर्ता भएका मुद्दामध्ये ९ हजार ६ सय ८५ वटा फस्र्योट भएका छन् । मुद्दा दर्ताको घट्दो स्थितिसँगै अदालतले फस्र्योटको दर बर्सेनि बढाएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७१७२ मा ६९.२७ प्रतिशत, ०७२/७३ मा ६०.८७ प्रतिशत, ०७३/७४ मा ६३.९३ प्रतिशत, ०७४/७५ मा ७६.०६ प्रतिशत र ०७५/७६ मा ८०.८१ प्रतिशत मुद्दा अदालतले फस्र्योट गरेको छ ।अदालतले आर्थिक वर्ष ०७१÷७२ को १ हजार ७ सय ४०, ०७२/७३ को १ हजार ८ सय ६०, ०७३/७४ को ४ सय २३, ०७४/७५ को २ सय ९४ र ०७५/७६ को २ सय ८१ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

हेटौँडा इजलासले ०८१ सम्म मुद्दा फस्र्योट बाँकी शून्यमा झार्ने लक्ष्य लिएको छ । बर्सेनि फस्र्योटको संख्या घटाउँदै अघि बढेको दाबी गरेको अदालतले अगामी ५ वर्षमा शून्यमा झार्दै शतप्रतिशत मुद्दा फस्र्योट गर्ने मुख्य न्यायाधीश टेकराज नेपालले बताए । उनले सर्वोच्च अदालतले अघि बढाएको पञ्चवर्षीय योजनाले अदालतको कारबाही प्रभावकारी भएको प्रतिक्रिया दिए । उनले अदालतमा बिचौलियाको प्रभाव कम भएको दाबी गर्दै बिचौलिया साबित भए कारबाही गरिने चेतावनी दिए । नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*