परिणाम नआउने काममा प्रदेश सरकार लागेकाे छैन : मुख्यमन्त्री पाैडेल

निरन्तर न्यूज
११ आश्विन २०७६, शनिबार ०८:४८

हेटाैँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार परिणाममुखी काम गर्ने भएको भन्दै परिणाम नआउने काममा कहिले हात नहाल्ने स्पष्ट पारेका छन् ।

प्रदेश नम्बर ३ को प्रदेश विकास परिषद्को पहिलो वैठकलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले  सरकारलाई गाली गरेर, नकारात्मक कुरा मात्रै गरेर सामाजिक र आर्थिक विकास नहुने तर्क गर्दै उनले सधैँ सरकारलाई गाली गर्ने संस्कारबाट मुक्तहुन सकेमा  मात्र समृद्धि आउने बताए  ।

प्रदेश सरकारले नीजि क्षेत्रलाई पाखा लगाएर अगाडी बढ्न नसक्ने  भन्दै मुख्यमन्त्री पाैडेलले प्रदेशको नीति तथा कार्यक्रममा नीजि क्षेत्रबाट ६२ प्रतिशत लगानी अपेक्षा समेत गरेको बताएका छन् । प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै प्रदेश सरकारले कृषि स्वंसेवक खटाउने तयारी गरेको उहाँले बताउनुभएको छ ।

प्रदेश नम्बर ३ मा प्रदेशको छुट्टै प्रदेश पुर्वाधार निर्माण कम्पनीको निर्माण गर्ने अन्तिम तयारीमा रहेकाे समेत बताए । यस्ता कम्पनीमा पनि नीजि क्षेत्रको समेत लगानी हुने उहाँले बताउनुभयो । विद्युतीय सवारी तथा अन्य यातायात सेवाहरु प्रदेशभर सञ्चालन गर्ने तयारीमा  प्रदेश सरकाररहेकाे  उनले बताए ।

कार्यक्रममा प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव मुकुन्द पौडेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामराज बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, समितिका सदस्यहरु, मन्त्रालयका सचिवलगायतकाको सहभागिता रहेको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, परिषदका सदस्य कल्पना शर्मा, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतले आफ्नाे धारणा  व्यक्त गरेका थिए । बैठकमा सहभागी परिषदका सदस्यहरुले प्रदेश विकास परिषदले ल्याएको खाका सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*