नारायणी मलमा ब्राण्डेड कपडा पसल आर्किड्सकाे शुभारम्भ

निरन्तर न्यूज
१२ आश्विन २०७६, आईतवार १६:०७

हेर्टौँडा । प्रदेशकाे राजधानी हेटाैँडामा रहेकाे एकमात्र मल नारायणी मलमा ब्राण्डेड कपडा सहितको सामग्रीहरु विक्रि गर्ने उदेश्यको साथ आर्किडस ग्लोबल प्रालि सन्चालनमा ल्याइएकाे छ ।

हेटौँडा उपमहानगरपालिका मेयर हरिवहादुर महतले आर्किडसको हेटौंडा शाखाको आज शुभारम्भ गरेका छन् ।

नेपालमा विक्रि हुँदै आएका उत्कृष्ट अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु विक्रि गर्नेगरि शाखा सञ्चालनमा ल्याईएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए ।

आज आइतवार शुभारम्भ भएको शाखामा लेडिज, जेन्स सहित बच्चाहरुको कपडाहरु पाइनेछ । अफरकाे रुपमा ७० प्रतिशतसम्म छुट रहेकाे शाखामा पेपे जिन्स लण्डन, जीनि एण्ड जोनी ग्रिक, युनाईटेड कलर अफ बेनेटन, डिल लगायतका ब्राण्डेड कपडाहरु पाइने  शाहले बताए ।

मलमा व्यवसाय गर्न आउने व्यवसायीहरुकाे मनाेबल बढेकाे र जिल्लाकै एकमात्र सुविधा सम्पन्न मलका सिनेमा हल, फेमेली रेष्टुरेन्ट, गेम पार्लर, डिपार्टमेन्ट स्टाेर जस्ता अलग अलग प्रकारका सामान विक्रि वितरण गर्ने व्यवसायीक केन्द्र बन्दै गएकाे मलका प्रबन्ध निर्देशक कैलाश ढकालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*