संसदीय मामिला पत्रकारिता सम्वन्धमा अभिमुखीकरण

निरन्तर न्यूज
५ कार्तिक २०७६, मंगलवार १९:३५

हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज संसदीय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको संयोजन तथा संसद सहयोग परियोजना संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनैतिक दलहरूले मनगडन्ते कुरा गरेर सत्य तथ्यलाई छायामा पारेको बताउनुभएको छ ।

प्रदेशसभा, सांसद र पत्रकारहरू बिचको सम्बन्ध हालको अवस्था कमजोर रहेको प्रति दुखेसो रहेकाे र हाल सम्म प्रदेश सभाबाट ४५ वटा कानून पारित भएको सभामुख श्रेष्ठले  वताउनुभयो ।

कार्यक्रममा अधिवक्ता तथा संविधानसभा सदस्य अभिवक्ता रेवति रमण भण्डारि, अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा  संसदिय मामिला पत्रकारिता अवधारणा अभ्यास र चुनौति र प्रभावकारि संसदिय अभ्यासका लागि संसद सचिवालय र पत्रकार सम्वन्धका वारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका ६०  जना भन्दा बढि पत्रकारहरूको सहभागिता रहेको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*