प्रदेश प्रमुखमा आफूले सिफारिस गरेको नामै‌ नपरेपछि एकपक्षीय भएको भन्दै माधव असहमति

निरन्तर न्यूज
१८ कार्तिक २०७६, सोमबार १४:५२

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाममा पार्टीभित्र असहमति राखेका छन् । उनले सिफारिस भएका नाम एकपक्षीय भएको भन्दै असहमति राखेका हुन् । उनले सिफारिस गरेको कुनै व्यक्ति पनि प्रदेश प्रमुखमा परेनन
नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । तर नेपालले भनेका कुनै व्यक्ति पनि परेनन् ।

‘सिफारिस भएका नाम असन्तुलित भएको भन्दै उहाँले लिखित रुपमा नै आफ्नो असहमति राख्नु भएको छ,’ नेपालनिकट स्रोतले भन्यो । सिफारिस भएका सातजना पूर्व माओवादी र पूर्वएमालेको तर्फबाट ओली पक्षले सिफारिस गरेका व्यक्ति हुन् ।श्रोत कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*