अर्घाखाँचीमा कार दुर्घटना हुँदा, ३ जनाको मृत्यु

निरन्तर न्यूज
२० कार्तिक २०७६, बुधबार ११:०७

अर्घाखाँची। अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्कतर्फ गुडिरहेको बा१७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको छ।

घाइते २ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*