ससुराले बुहारीलाई बोक्सी भन्दै फलाम तताएर डाम्न खोजेपछि…

निरन्तर न्यूज
२० कार्तिक २०७६, बुधबार १४:१८

पाँचथर। पाँचथरमा एक महिलालाई बोक्सिको आरोप लगाउँदै मानसिक तथा शारीरिक यातना दिइएको छ । बुहारी पूजा भारतीलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको पीडित महिलाले बताएकी छन् ।

ससुरा कान्तप्रसादले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर आफूलाई निर्घात कुटपिट गरेको बताइएको छ । फलाम आगोमा तताएर डाम्न खोजेपछि आफु भागेर माइतीको शरणमा पुगेको पिडित महिलाले बताईन् ।

पूजामाथि भदौ ३१ गते राति कुटपिट र डाम्ने प्रयास भएको हो । धामी झाँक्रीको काम समेत गर्ने पूजाका ससुरा कान्तप्रसादले ‘तँ बोक्सी होस्, मेरो छोरोलाई खान लागिस्’ भन्दै यातना दिएको पिडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु