हेटौंडामा बलत्कारीलाई सजायँको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
हेटौंडा। जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका जयराम रुम्बालाई सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट अगाडि प्रदर्शन गरिरहेका छन्।
बालिकाको आफन्त र स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट अगाडि प्रदर्शन गरिरहेका हुन।हेटौंडा १५ निवासी २८ बर्षीय रुम्बाले ८ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेका थिए।
उनलाई मकवानपुर प्रहरी कार्तिक १८ गते नै पक्राउ गरिसकेको र १० दिनको म्याद गरि अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
यता उपरीक्षक सिंहले यस घटनामा मकवानपुर प्रहरी संवेदनशील रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन्। अहिले पनि बालिकाको आफन्त र स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेट अगाडि प्रदर्शन गरिरहेका छन्।







