विकेशलाल श्रेष्ठले हेटौंडा जेसीजको उपाध्यक्षमा उम्मेदवारी घोषणा

निरन्तर न्यूज
२८ कार्तिक २०७६, बिहीबार १४:३९

हेटौँडा । सामाजिक क्षेत्रमा सक्रिय विकेशलाल श्रेष्ठले हेटौँडा जेसीजको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल हेटौँडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले आफुलाई उपाध्यक्ष पदको उम्मेदवारको रुपमा अघि सारेका हुन् । उनले युवाहरुमा जेसीजमार्फत सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेका छन् । उनले यसका लागि युवामुखी कार्यक्रम र सामाजिक हितका कार्यक्रम गर्ने आफ्नो योजना रहेको बताए ।
हेटौँडामा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ युवा व्यवसायी पनि हुन् । उनी सामाजिक विकृति विरुद्ध आवाज उठाउने युवाको रुपमा हेटौँडामा परिचित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*