धनुषा रघुनाथपुरमा एक पुरुषको शव फेला
जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकाको रघुनाथपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान फेला परेको हो ।
सनाखत हुन नसकेको एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बताएकाे छ ।
अनुसन्धानको क्रममा रहेकाले विस्तृत विवरण आई नपुगेको मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएकाले उनको हत्या भएको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।
धनुषा प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ ।











