अफ्रिकन स्वाइन फिभरबाट मकवानपुरमा १सय ९० बङ्गुर मरे

हेटौँडा । मकवानपुरमा अफ्रिकन स्वाइन फिभरको प्रकोप फैलिएको छ । मङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौँडा र भिमफेदीमा स्वाइन फिभरबाट १९० बङ्गुर मरेको पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ । काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमुनामा यहाँको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए । मकवानपुरको हेटौँडा–१, ११, १७ नं. वडा र भिमफेदी गाउँपालिका वडा नं. १ मा व्यावसायिक रूपमा पालिका बङ्गुर अफ्रिकन स्वाइन फिभरको कारण मरेका हुन । हेटौँडा–१ जरुवा टोलमा व्यवसायीक बङ्गुर पालन गरिरहेका आधुनिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक...