अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम
अमेरिका । नेपालीकाे महान चाड तिहारमा खेलिने द्येउसी भैलाेले बिदेशमा पनि उच्च प्राथमिकता पाउदै गइरहेकाे छ । अन्य मुलुकलाई जस्तै यसले अमेरिकालाई पनि अछुताे छाेडेन । नेपाल र नेपालीकाे महत्वपूर्ण पहिचान बाेकेकाे याे चाडकाे अवसर पारेर अमेरिकाकाे बाेष्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम सम्पन्न गरिएकाे छ। अमेरिकाकाे म्यास्याच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था पशुपतिनाथ तथा बाैद्ध फाउण्डेशन अफ न्यू ईगंल्याण्ड(प्याब्फाेन)काे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । बिगतमा झै यसबर्ष पनि म्यास्याच्युसेट्स् राज्यमा छरिएर रहेका नेपाली समुदायलाई सक्दाे समेट्नका लागि अक्टाेबर २५ सुक्रबार – एभरेट, २६ सनिबार -साेमरभिल, र २७ आइतबार नर्थ डार्टमाउथ र २८...



















