हेटाैँडाकाे हाेटल अनमाेलमा बालिका बलात्कृत, आराेपी फरार

निरन्तर न्यूज
३० आश्विन २०७६, बिहीबार १७:४६

हेटाैँडा । हेटौंडा १० टिसिएन राेडमा रहेकाे होटल अनमोलमा एकजना बालिका बलात्कृत भएकाे प्रहरीले जनाएकाे छ । गत २६ गते आइतबार राति साढे ७ बजे होटलमा अन्दाजी १६ वर्षीया एक बालिका बलात्कृत भएकी हुन् ।

उक्त अनमाेल हाेटलको कोठाबाट बाटाे हिड्नेले होहल्लाको आवाज सुनेपछि प्रहरीलाई खबर गरे पश्चात घटनास्थलमा प्रहरी पुगी बालिकाकाे   उद्धार गरेको थियो ।

किशाेरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । बालिकामाथि जबरजस्ती करणी गर्ने मुख्य आरोपी भने फरार रहेको डिएसपी भट्टराईले बताए ।

होटलमा होहल्ला गरी अभद्र व्यवहार गर्ने ३ जना प्रहरी नियन्त्रणमा रहेको उनले बताए । अभद्र व्यवहार गर्ने थप २ जना आरोपी भने फरार रहेको उनले जनाए ।

घटनाबारे आज प्रवक्ता भट्टराईसँग निरन्तर न्यूजले जानकारी लिँदा थप अनुसन्धान भैरहेको र फरार आरोपीको खोजी कार्य जारी रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*