काँग्रेसले जनजागरणमा १२ काे स‌ंयाेग जुरायो

हेटौँडा । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिले हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा जन जागरण  अभियान गर्ने भएको छ । काँग्रेसले सन्चालन गरिरहेको जनजागरण अभियानमा १२ को संयाेग जुराउदै हेटौँडा १२ मा जेठ १२ गते १२ बजे अभियान शुरु गरिने नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिनू भयो । अभियानबारे जानकारी दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा पराजूलिले काँग्रेसको जनजागरण गाउँ गाउँमा पुग्दा जनता हर्षित भएको बताए । सरकारले नागरिकलाई रूष्ट बनाउँदा समेत काँग्रेसले प्रतिपक्षीको राम्रो भूमिका निभाउन नसकेको हो की भन्ने जनताले जिज्ञासा राखेका छन् भन्दै पराजुलीले अझै पनि सरकारले जनतालाई दबाउने काम बन्द नगरे काँग्रेसले जनताको...