५ नम्बरका वडा अध्यक्ष बानियाँलाई पितृशोक

निरन्तर न्यूज
४ असार २०७६, बुधबार २२:२६

हेटौँडा । हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँलाई पितृशोक परेको छ ।

६८ वर्षिय पिता बिरेन्द्र बाँनीयाको दिल्लीमा उपचारको क्रममा मृत्यू भएको परिवारले जनाएको छ ।

२००९ साल पुस महिनामा जन्मिएका वडा अध्यक्ष राजेशका पिता विरेन्द्रलाई दम तथा स्वाशप्रस्वास सम्वन्धि रोग लागेकोले उपचारको लागि दिल्ली लगिएको परिवारले जनाएको छ ।

पिता बिरेन्द्रको अन्तिम सँस्कार हेटौडाको राप्ती तटमा गरिने भएको छ । उहाँका रमेश, राजेश र रबिन तीन छोराहरु छन् ।

यस दु:खद घडीमा पिताप्रति श्रद्धाञ्जली तथा सोकसन्तप्त परिवारजन प्रती गहिरो समवेदना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु