बोस्टनमा नेजाद्वारा आयोजित कार्यक्रम सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ(नेजा-NEAJA)ले अमेरिकाको बोस्टनमा आयोजना गरेको ‘संस्थागत परिचय एवम् समन्वयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर १५ तारिख आइतवार घटस्थापनाको दिन मासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित मूलवासी नेपालीहरुको सामूदायिक भवनमा सम्पन्न भएको हो। मासाच्युसेट्स राज्यमा क्रियाशील रहेका मूलवासी नेपालीहरु आबद्ध संघ संस्थाहरुका बिच स्थापित भातृत्व, एकता र सहकार्यको सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउने मूल उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरुले सामुदायिक हितार्थ क्रियाशील संघ संस्थाहरुका बिच एकता, समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका थिए। न्यू इंग्याल्याण्ड क्षेत्रका धेरै नेपाली संघ संस्थाहरु क्रियाशील भइरहेको तर विविध कारणले आपसमा...