केपी ओलीले लोकतन्त्रलाई धरापमा पारे : काँग्रेस नेता केसी
हेटाैँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिं केसीले नेकपाकाे पार्टी भित्रको आन्तरिक कलह र ब्यक्तिको लहडबाजीले संविधान विघटन गरेर केपी ओलीले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए । केन्द्रीय सदस्य केसीले २०१७ सालमा राजा महेन्द्रले संविधान मिचेर जसरी संसद विघटन गरे अहिले सोही बाटोका केपी ओली लागेको बताए । शनिबार नेपाली कांग्रेस मकवानपुुरको प्रदेश सभा (ख) क्षेत्रले हेटौंडामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले संविधान विपरितकाे संसद विघटन असैंवधानिक रहेको भन्दै नेता केसीले सिंहदरबारमा भएको भष्ट्राचार कम्युनिष्ट सरकार आएपछि अहिले गाउँ-गाउँ वडा-वडा सम्म फैलिएकाे बताए । विराेध सभामा नेपाली काँग्रेस मकवानपुरका पुर्बसभापती माइकल रामचन्द्र अर्याल,...



















