साँस्कृतिक अभियानका याेद्धा केशव अधिकारीलाई सम्झँदै नेकपा मकवानपुर
हेटाैँडा । नेकपा मकवानपुरले निरंकुश शासनदेखि गीत संगीत मार्फत् बामपन्थी आन्दाेलनलाई उचाइसम्म पुर्याउन याेगदान गर्नुहुने स्वर्गीय केशव बिक्रम अधिकारीकाे याेगदानकाे स्मरण गरेकाे छ । राष्ट्रिय जन साँस्कृतिक महासंघ मकवानपुर र नेपाल ट्रेड युनियन महासंघ मकवानपुरकाे आयाेजनामा १३ औँ दिनकाे पुण्य तिथिमा ‘सम्झनामा स्वर्गीय केशव विक्रम अधिकारी’ नामक भर्जुअल श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ । श्रद्धञ्जली कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिराेध खतिवडाले स्वर्गीय अधिकारी लगायत साँस्कृतिका याेद्धकाे याेगदानकाे कारण पार्टि आज यस स्थानमा पुगेकाे बताउनुभयाे । सांसद खतिवडाले पार्टीले स्वर्गीय अधिकारीकाे याेगदानकाे कदर गर्ने बताउनुभयाे । वहाँकाे परिवारका तर्फबाट छाेरी दिपाले तात्कालिन नेकपा माले र एमाले पार्टीलाई...