अन्य पार्टीबाट कांग्रेस छिर्नेले प्रमुख पद नपाउने

निरन्तर न्यूज
२२ पुष २०७७, बुधबार १०:२१

काठमाडौं । नेपाली काँग्रेसले अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई संगठनमा प्रमुख पद नदिने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो ।

काँग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेतारकार्यकर्ता प्रवेश गरेका थिए । गच्छदारलाई उपसभापति बनाएको काँग्रेसले थापालाई सहमहामन्त्री बनाइसकेको छ ।

अन्य पार्टी छाडेर आएकालाई काँग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा एक समिति बनेको थियो । उक्त समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनका मापदण्ड पनि तयार गरेको छ ।

काँग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने पनि बताएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशनसमेत दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*