नेकपा केपी पक्षकाे हेटाैँडाका बिभिन्न ११ वटा वार्डमा वडा भेला

निरन्तर न्यूज
२४ पुष २०७७, शुक्रबार १२:३४

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज हेटौँडाको ११ स्थानमा भेला तथा प्रशिक्षण भएको छ । नेकपा विवाद पछि केपी ओली नेतृत्वको नेकपाले मकवानपुरमा भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको हो । आज हेटौँडाको वडा नंबर २,३,४,९,१०,११,१२,१३,१७,१८ तथा १९ मा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको नेकपा मकवानपुरका कार्यलय सदस्य एकलाल श्रेष्ठले बताए ।

कार्यक्रमहरुमा नेकपाका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री डोरमणी पौडेल, नेकपा केन्द्रीय सदस्यहरु रामेश्वर राना, अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेश बर्तौला नेकपा नेताहरु एकलाल श्रेष्ठ, गोपाल श्रेष्ठ लगाएतले संवोधन गरेका थिए । कार्यक्रममा नेताहरुले नेकपा विभाजनको लागि प्रचण्ड तथा माधवकुमार नेपाल जिम्मेवार रहेको बताएका थिए । प्रधानमन्त्री विरुद्ध षड्यन्त्र भएपछि प्रधानमन्त्रीले वाध्य भएर संसद विघटन गर्नुपर्नेको उनिहरुको भनाई रहेको थियो ।
विभिन्न वडामा भएको कार्यक्रममा सयौँ अगुवा कार्यकताहरुको सहभागिता रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*