माधव नेपाल र चिनियाँ राजदुत यान्छीबीच भेटघाट
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चरमोत्कर्षमा रहेको छ । यो भाँडभैलो थामिने नाम नलिइरहँदा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता भने बढेको छ । उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता भएको छ । नेकपा फुटको संघारमा पुगेको बखत नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाल र राजदूत होउबीच छलफल भएको हो । चिनियाँ राजदुतले नेपालकै निवास कोटेश्वरमा नै गएर भेटवार्ता गरेकी हुन् । यसअघि पनि नेकपामा विवाद चर्किएपछि उनको व्यापक सक्रियता देखिएको थियो । भारतीय मिडियाले उनको सक्रियतालाई लिएर व्यापक आलोचना समेत गरेका थिए । यहाँ सम्मकी नेपालको सरकार चिनियाँ राजदुतबाट परिचालित...



















