संसदको अधिवेशन अन्त्य ‘विनाशकाले विपरित बुद्धि’: गगन थापा
काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले सरकारले विनाशकाले विपरित बुद्धि देखाएको बताएका छन् । सरकारले अप्रत्याशितरुपमा संघीय संसदको दुवै सदनको आलु अधिवेशन अन्त्य गरेपछि नेता थापाले सामाजिक सञ्जालमार्फत विहीबार यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य! विनाशकाले विपरित बुद्धि,’ उनले लेखेका छन्, ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन्, कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन् ।’
उनले पार्टीभित्रको किचलोको अचानोमा संसद परेको टिप्पणी गरेका छन् ।
सांसद थापाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस् ।’
विहीबार सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको आलु अधिवेशन अन्त्य गरेकी छिन् ।
संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य!
विनासकाले विपरित वुद्धि!संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन।
पार्टीभित्रको किचलोको अचानोमा संसद!संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।
— Gagan Thapa (@thapagk) July 2, 2020











