हाम्रा कमरेडहरूलाई दुईतिहाइ सरकार नपचेकै जस्तो छ : बाबुराम भट्टराई
काठमाण्डाैँ । जनता समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले करिब दुई तिहाइको सरकार कमरेडहरुलाई नपचेको भन्दै आज ट्विटरमा टिप्पणी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी अन्त्य गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले नेकपालाई दुई तिहाइ बहुमतको आफ्नै सरकार नपचेको टिप्पणी गरेका हुन्।
भट्टराईले ट्वीटमा गर्दै भनेका छन् यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् भनेका छन् ।
यस्ताे छ उनकाे ट्विट
कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!
— Baburam Bhattarai (@brb1954) July 2, 2020










