चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे प्रधानमन्त्रीलाई बाबुरामको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । बिहिबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ६ बुँदे सुझाव दिएका छन् । छलफलपछि डा.भट्टराईले ट्वीट सन्देशमार्फत् सार्वजनिक जानकारीका अनुसार भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रुपमा लिँदै तीनवटै शक्तिसँग समानान्तर सम्बन्ध राख्न सुझाव दिएका छन् । ‘महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो,’ भन्दै भट्टराईले सार्वजनिक गरेको ६ बुँदे सुझाव यस्ता छन्- १. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा...