अग्‍नि सापकोटा सभामुख हुने भएपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । ०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् । उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।...